• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
टोखा नगरपालिकामा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य परिक्षण सुरु

४ चैत, काठमाडौं । टोखा नगरपालिकाले आज बिहान बागमती प्रदेश चण्डेश्वरी अस्पतालबाट मेयर दिर्घायू कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य परिक्षण सुरु गरेको छ । नगर प्रमुख प्रकाश अधिकारीले जेष्ठ नागरिकलाई मेयर दिर्घायू कार्यक्रमको कार्ड दिएर कार्यक्रमको समुदघाटन गरेका छन् ।

कार्यक्रममा चण्डेश्वरी अस्पतालका अध्यक्ष, टोखा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महिला स्वयमसेविकाहरु र प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसिको सहभागिता रहेको थियो ।

आज टोखा चण्डेश्वरी अस्पतालबाट सेवा प्रदान सुरु गरेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनु भयो । केही दिनमा टोखा ११ को शहरि स्वास्थ्य केन्द्रबाट पनि स्वास्थ्य परिक्षण सुरु गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्य परिक्षणमा टोखामा स्थायी बसोबास गर्दै आएका ११ वटै वडाका ६० वर्ष पुगेकाहरुको निःशुल्क होलबडी परिक्षण हुनेछ । टोखा नगरपालिकाले यो चौंथो वर्षको कार्यक्रमको सुभारम्भ आजबाट गरेको छ । विगतका ३ वर्षमा यस कार्यक्रमले जनतामा सकारात्मक सन्देश दिएको हुँदा यसपटक पनि निरन्तरता दिएको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो । जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चालन भएको कार्यक्रमलाई आगामी दिनमा अझै धेरैभन्दा धेरै वडाहरुबाट सेवा प्रदान गर्ने लक्ष्य नगरपालिकाले लिएको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीेले बताउनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments