कैलास गाउँपालिकामा गाउँपालिकाको नवौं स्थापना दिवस तथा बीपी स्मृति कैलाश आधारभूत अस्पताल भवनको उद्घाटन
मकवानपुर जिल्लाको कैलास गाउँपालिकामा गाउँपालिकाको नवौं स्थापना दिवस तथा बीपी स्मृति कैलाश आधारभूत अस्पताल भवनको उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रत्यक्ष सहभागितामा विभिन्न कार्यक्रमहरू सञ्चालन भएको थियो, यसै कार्यक्रमको अवसर पारी बीपी स्मृति कैलाश आधारभूत भवनको उद्घाटन मुख्यमन्त्री बानियाले गर्नुभएको थियो।
विभिन्न विद्यालयका छात्रछात्राले कार्यक्रमको शोभा बढाउनको लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरेका थिए। कैलाश गाउँपालिकाको गौरवको रुपमा रहेको गाउँपालिका गान पनि सोही कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
यसै कार्यक्रममा मुख्यमन्त्री बानियाले कैलास गाउँपालिकाका तमाम गाउँवासीहरूलाई त्यस आधारभूत अस्पतालबाट सञ्चालन हुने सम्पूर्ण सेवा उपभोग गरी अस्पताललाई अर्थपूर्ण बनाउनको लागि सुझाव दिँदै गाउँपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूलाई प्रत्यक्ष रुपमा संलग्नता जनाउनको लागि आग्रह गर्नुभयो ,अबका भावी दिनमा पनि बागमती प्रदेश सरकारको तर्फबाट कैलाश गाउँपालिकाको समुन्नतको लागि प्रदेश सरकार जस्तोसुकै परिस्थितिमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

कार्यक्रममा सभाध्यक्षको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले गाउँपालिकाले यस आधारभूत अस्पताललाई अझ बढी प्रभावकारी बनाउनको लागि मुख्यमन्त्री बानियासँग अनुरोध गर्दै समग्र गाउँवासीलाई यस अस्पतालबाट थुप्रै सेवाहरू सञ्चालन हुने र प्रत्यक्षरूपमा यहाँ रहेका सेवा उपभोग गर्दै कमीकमजोरीलाई सुधार्नको लागि सल्लाह र सुझावको अपेक्षा राख्नुहुँदै आफ्ना भनाइ अन्त्य गर्नुभएको थियो।
२६ °C काठमाडौं
Facebook Comments