काठमाडौं फोटोग्राफर संघको क्यालेण्डर विमोचन
काठमाडौं फोटोग्राफर संघले नयाँ वर्ष २०८० सालको अवसरमा भित्ते पात्रो (क्यालेण्डर) सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित नयाँ वर्ष २०८० को शुभकामना आदान–प्रदान कार्यक्रममा संघको नयाँ क्यालेण्डर विमोचन गरिएको हो ।संघका अध्यक्ष डिगम्बर राजवंशीको सभापतित्वमा आयोजित उक्त समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको प्रमुख अतिथिको रुपमा सहभागि भइन् ।

कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका सल्लाहाकार मञ्जु कुमार श्रेष्ठ , रत्नमान आँशु, राजभाइ सुवाल आदि उपस्थित थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष , निवर्तमान अध्यक्ष, वरिष्ठ फोटोग्राफरहरु, फोटो व्यवसायिहरु, विज्ञापनदाता संघ–सस्थाहरु, उपत्यका बाहिर चितवन, गण्डकी, पर्सा, नवलपुर, दाङ आदि स्थानका फोटोग्राफर संघका प्रतिनिधि समेतको उपस्थिति रहेका थियो ।

समारोहमा क्यालेण्डरका विज्ञापनदाता कम्पनिहरु तथा क्यालेण्डरमा आफुले खिचेका उत्कृष्ठ फोटाहरु समावेश गर्न सफल १२ जना फोटोग्राफरहरुलाई सम्मान गरिएको थियो । उक्त क्यालेण्डरमा विवाह–भाव झल्कने फोटाहरुलाई मात्र स्थान दिइएको थियो ।
१० °C काठमाडौं
Facebook Comments