• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
शुक्रबार कमल ढकाल अभिनित ‘जय श्रीराम’ भजनको भिडियो सार्वजनिक

आध्यात्मिक यात्रा र भक्ति भावनाले भरिएको “जय श्रीराम” भजनको भिडियो यही शुक्रबार पोखराको गण्डकी कोटिहोमबाट विशेष समारोहसहित सार्वजनिक  भएको छ। भजनलाई “विष्णुमाया पौडेल” युट्युब च्यानलमार्फत विश्वभर प्रसारण गरिनेछ, जसले श्रद्धालुहरूको हृदयमा शान्ति, समर्पण र भक्ति भावनाको गहिरो संचार गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

आरबी केसीको शब्द/संगीत एबम निर्देशनमा आधारित यो भजन केवल एक गीत होइन, शाश्वत प्रेम, अडान र समर्पणको भावनाले ओतप्रोत आध्यात्मिक अभिव्यक्ति हो।
भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र पवित्र मार्गतर्फ सबैलाई निमन्त्रणा दिन्छ।

मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर विसीले आत्मस्पर्शी गायन प्रस्तुत गरेका छन्। हेमन्त भट्टराई, आरबी केसी, र स्वयं गायक/गायिकाहरूको कोरसले यसलाई दिव्य बनाएको छ। गायक/गायिकाहरूले केवल आवाज मात्र होइन, भिडियोमा पनि जीवन्त अभिनयमार्फत आफ्ना भावना अभिव्यक्त गरेका छन्, जसले भजनको दृश्यात्मक प्रभावलाई अझ प्रभावशाली बनाएको छ। पिक स्टुडियोमा रेकर्ड गरिएको यो भजन शुद्धता र श्रद्धाको प्रतीक भएको बताइएको छ।

भिडियोमा कमल ढकाल मुख्य पात्रको भूमिकामा देखिएका छन्, जसको अभिनयले काठमाडौंका मेयरजस्तै ऊर्जावान र प्रेरणादायी प्रभाव पार्ने विश्वास निर्माण पक्षले लिएको छ। उनका दृश्यहरू प्रत्येक दर्शकको मनमा गहिरो छाप छोड्ने छन्।

पोखरा, काठमाडौं, र जनकपुरका आध्यात्मिक स्थलहरूमा रेड क्यामराले तीन दिनसम्म छायांकन गरेको भिडियो टेकेन्द्र शाहको सम्पादन र एसके श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको हो। यसमा पवित्रता र भक्ति भावनाको जीवन्त अनुभूति गराइन्छ।

भजनको अडियो केही दिनअघि गण्डकी कोटिहोमबाटै सार्वजनिक गरिएको थियो। अडियो विमोचन विजय कृष्ण मूर्ति महाराज र श्रीमद्भागवत अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाबाट गरिएको थियो। उनीहरूले दिएका आध्यात्मिक आशिष र सन्देशले भजनलाई झन् गहिरो बनाएको छ। ती दृश्यहरू पनि भिडियोमा समावेश गरिएको छ।

शुक्रबार हुने सार्वजनिक कार्यक्रममा गीतकार/संगीतकार एबम निर्देशक , गायक/गायिका, कलाकारहरू, सञ्चारकर्मी, धर्मप्रेमी तथा भक्तजनहरूको भव्य उपस्थिति रहने अपेक्षा गरिएको छ। भजनको विमोचनले श्रीरामप्रतिको भक्ति, प्रेम र समर्पणको उचाइलाई छुन सक्ने विश्वास लिइएको छ।

निर्माण पक्षका अनुसार, यो भजन हालसम्मकै सबैभन्दा उच्च बजेटमा निर्माण गरिएको नेपाली भजन हो। यो गीत केवल संगीतको माध्यम होइन, श्रीरामप्रतिको प्रेम, समर्पण र आध्यात्मिकताको गहिरो संगम हो, जसले प्रत्येक श्रोता-दर्शकको हृदयमा शुद्धता र शान्तिको ऊर्जा प्रवाहित गर्नेछ।

सम्बन्धित समाचार

Facebook Comments