• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
चौरीदेउराली गाउँपालिकामा पाँचौं अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन

चौरीदेउरालीगाउँपालिका मा पाँचौं अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन समारोह सम्पन्न भएको छ । 
   विभिन्न आयामबाट समृद्ध बन्दै अगाडि बढिरहेको काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकाले गाउँपालिका का विभिन्न आयामलाई सँग सँगै अगाडि बढाउँदै आएको छ । यसै क्रममा गाउँपालिका मा रहेका सम्पूर्ण युवाहरुलाई खेलकुदको माध्यमबाट ऊर्जाशील बनाउनको लागि विभिन्न खेलकुदको कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा पाँचौं अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन भएको हो । उक्त गोल्डकप फुटबल प्रतियोगितामा ९  वडाका खेलाडीहरू समावेश हुनेछन् भने गाउँपालिका का कर्मचारीहरू १ समूह र १ देखि ९ वडा का विभिन्न समूह गरी १० वटा समूहले उक्त पाँचौं अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाउनेछन्।

उक्त प्रतियोगिता ३ दिन सञ्चालन हुनेछ भने १० वटै समूहले हौसलापूर्वक खेलमा सहभागीता जनाएका छन्। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशकि सामाजिक विकासमन्त्री कुमारी मोक्तान, विशेष अतिथिमा बागमती  प्रदेश सभा सदस्य मा.रुकु चौलागाईं ,विशेष अतिथि चौरी देउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईं ,विभिन्न पार्टीका प्रतिनिधिज्यूहरू, विभिन्न विद्यालयका प्रशिक्षकज्यूहरू , १ देखि  ९ वडाका वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू ,सदस्यज्यूहरू, विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति थियो ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सम्पूर्ण खेलाडीहरूलाई शुभकामना दिनुहुँदै चौरी देउराली गाउँपालिकाको विकासका लागि कुनै कसर बाँकी नराखी काम गर्ने बताउनुभयो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईले चौरीदेउराली गाउँपालिकामा भएको विकास र गाउँपालिकालाई समुन्नत बनाउनको लागि गाउँपालिका सधैं तत्पर रहेको र युवा वर्गलाई लक्षित गरी गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यस्ता खेलहरुलाई भोलिका दिनहरूमा बढावा गर्नको लागि गाउँपालिकाको प्रयासले मात्र सफल नहुने र सम्पूर्ण युवा वर्गहरूले यी र यस्ता कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि सहयोग पु¥याउनुपर्ने बताउनुभयो। साथसाथै उक्त गोल्डकप फुटबल प्रतियोगितामा सम्पूर्ण समूहलाई एकाकारभई  सहभागी हुनको लागि अनुरोध गर्नुभयो।       

सम्बन्धित समाचार

Facebook Comments