• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डले दिए दागबत्ती

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।

दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । 

 

उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।

सम्बन्धित समाचार

Facebook Comments