तारकेश्वर गाउँपालिका ५ मा स्वास्थ्य केन्द्र उद्घाटन
तारकेश्वर गाउँपालिकाकै स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको गाउँ वडा नं ५ को काभ्रे निग्लिनीमा स्थापना गरिएको आधारभूत प्राथमिक स्वास्थ्य इकाइ केन्द्रको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले आज उद्घाटन गर्नुभएको छ । अध्यक्ष अधिकारीले स्वास्थ्य सेवाको पहुँचबाट कोल्टे परेका तारकेश्वरका गाउँहरूलाई लक्षित गरी स्वास्थ्य केन्द्र विस्तार गर्ने क्रममा आज पाचौं पटक काभ्रे निग्लिनीमामा स्वास्थ्य सेवा स्थापना गर्नुभएको हो । 
समग्र आयामलाई सँगसँगै अगाडि बढाउँदै गरेको तारकेश्वर गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ अगाडि बढाइरहेको छ। समग्र गाउँवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले विभिन्न ठाउँमा स्वास्थ्य केन्द्र उद्घाटन गर्दै गाउँवासीलाई स्वास्थ्य सेवाबाट नजिक राख्ने कोसिस गर्दै आएको छ। यही अभियान अन्तर्गत तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मा पनि स्वास्थ्य केन्द्रको समुद्घाटन भएसँगै समग्र गाउँवासीले स्वास्थ्यका विभिन्न समस्याबाट समाधान पाउने भएका छन् ।

उक्त उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्नुहुँदै गाउँपालिका अध्यक्ष अधिकारीले समग्र गाउँवासीस्वस्थ हुनुपर्छ र गाउँपालिकाले सञ्चालन गरेका यस्ता स्वास्थ्य केन्द्रबाट उपचार लिँदै यसमा भएका समस्याका बारेमा गाउँपालिकालाई निरन्तर सूचना गर्नुपर्ने बताउनुभयो।
१० °C काठमाडौं
Facebook Comments