• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
‘बाआमा छोराछोरीसंग गापा अध्यक्ष’ कार्यक्रम

गुणस्तरिय र प्रभावकारी शिक्षामा जोड दिदै नुवाकोटको तारुकामा बाआमा छोराछोरीसंग गाउंपालिका अध्यक्ष कार्यक्रम सन्चालन गरिएको छ । विद्यालय तथा विद्यार्थीहरुमाझ शैक्षिक अवस्थालाई अभिभावकमाझ वसेर अन्र्तक्रिया गराउने उद्धेश्यले उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

तारकेश्वर गाउंपालिका २ तारुकास्थित पिमलटार माविमा बाआमा छोराछोरीसंग गापा अध्यक्ष कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय, शिक्षकशिक्षिका तथा सरोकारवाला, सर्वसाधारणसंग शैक्षिक विकास तथा आधुनिक शिक्षाको प्रभावकारिताका सम्वन्धमा अन्र्तक्रिया गरिएको हो ।

अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रमको उद्घाटन गर्दै तारकेश्वर गाउंपालिका गापा अध्यक्ष शिव अधिकारी अविरलद्वारा विद्यालयलाई विभिन्न सहयोग तथा विद्यार्थीहरुलाई विभिन्न सचेतनामुलक पुरस्कार उपलव्ध गराइने घोषणा गरे । साथै गापाको तर्फवाट सो विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार, अनुशासन, वहुप्रतिभान विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको छ ।

आगामी बजेटबाट सो विद्यालयमा कम्प्युटर प्रविधिबाट पढाइ हुने ’डिजिटल लर्निङ’ कार्यक्रम सुरु गर्ने योजना रहेको समेत अध्यक्ष अधिकारीले बताए । विद्यालयको भौतिक आवश्यकता पुरा गर्नका लागि तारकेश्वर गापाले आवस्यकता अनुसार विविध शैक्षिक सहयोग गर्नेसमेत वताए । शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावकले सहकार्य गर्नुपर्ने बताउंदै अध्यक्ष अधिकारीले विद्यालयका कुनै कमीकमजोरी वा शिक्षा सम्वन्धि कुनै गुनासो भएमा जानकारी गराउन अभिभावकहरुलाई आग्रह गरे । अध्यक्ष अधिकारीले आफ्ना नानीवावुहरुका लागि घरमा शैक्षिक कार्यका लागि समय छुट्याउन पनि आग्रह गरे ।

बालबालिकाको शैक्षिक विकासका लागि विद्यालय र अभिभावक दुवैको उत्तिकै योगदान आवश्यक रहेको र सहकार्य भइरहेको तारकेश्वर २ का वडाध्यक्ष शिवप्रसाद पनेरुले वताए । कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीहरुले नयां शैक्षिक योजना, आधुनिक र व्यवहारिक शिक्षाका सम्वन्धमा जिज्ञासा राखेका थिए । कार्यक्रममा गापा अध्यक्ष शिव अधिकारी अविरलले विद्यालयको शैक्षिक विकास र शिक्षाको प्रभावकारिताका लागि विशेष रुपमा पालिकामा शिक्षा र स्वास्थ्यको सुधार गर्दै अघि बढ्ने मुख्य लक्ष्य लिएका छन् । अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रमा सहयोग अन्तरगत सो विद्यालयलाई चार लाख ५० हजार रुपैयाँ सहयोगसहित ३० हजार रुपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गरेका छन् ।

अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि एकलाख ५० हजार, विद्यार्थीहरूलाई ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरूको अवलोकन गराउन शैक्षिक भ्रमणका लागि एकलाख, विद्यालय भवन मर्मतको लागि एकलाख र कक्षा १० का विद्यार्थीलाई खाना र आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालनका लागि एकलाख रुपैयया सहयोग घोषणा गरेका हुन् । विद्यालयमा आधुनिक खेल मैदान निर्माणका लागि गाउँपालिकाबाट कुल दुईलाख ५० हजार रुपैया विनियोजन भइसकेको स्मरण गराउदै अध्यक्ष अधिकारीले आवश्यक भएमा  ५० हजार थप बजेटको समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

उनले विद्यार्थीहरूको प्रोत्साहनका लागि विभिन्न विद्यामा उत्कृष्ट भएका ६ जना (३ छात्र/३ छात्रा) लाई ५7५ हजार रुपैयाका दरले ३० हजारको गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कारु प्रदान गरे । समय अनुकुल गुणस्तरीय शिक्षाका लागि विद्यालयमा अंग्रेजी माध्यमवाट अधययन सुरु गर्दै तारकेश्वरकै पहिलो अग्रेजी माध्यमबाट अध्यापन गराइने विद्यालयको रूपमा विकास गर्ने योजना रहेको समेत वताए ।

सम्बन्धित समाचार

Facebook Comments