युनाइटेड स्कलर्स एकेडेमीको अभिभावक दिवस, वार्षिकोत्सव समारोह सम्पन्न
तारकेश्वर २ स्थित युनाइटेड स्कलर्स एकेडेमीको अभिभावक दिवस, वार्षिकोत्सव समारोह तथा विविध सास्कृतिक कार्यक्रम यही २०७९/१०/२८ गते सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रा डा श्री काशीनाथ न्यौपाने र विशिष्ट अतिथि डा श्री दीपक अधिकारी रहनु भएको थियो ।अन्य विशिष्ट व्यक्तित्व हरु अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, शुभचिन्तक, पत्रकार, विद्यार्थीहरुको व्यापक उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरुले मनोरन्जनपूर्ण एवम् कलात्मक सास्कृतिक कार्यक्रम र नाटक प्रस्तुत गरेका थिए ।

स्काउटका विद्यार्थीहरुले कलात्मक ढङ्गलेपिरामिड निर्माण गर्नुका साथै स्काउट नृत्य प्रस्तुत गरेका थिए भने NCC का विद्यार्थीहरुद्दारा खुकुरी नृत्य प्रदर्शन गरिएको थियो ।
चर्चित जादुगर शेर बहादुर गुरुङद्दारा प्रस्तुत गरिएको जादुखेलले कार्यक्रमलाई थप मनोरन्जनपूर्ण बनाएको थियो । कार्यक्रममा वडा अध्यक्ष राधाकृष्ण खड्गी, अभिभावक सुब्बा थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।विद्यालयका पृन्सिपल हरिप्रसाद देवकोटाले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।समारोह विद्यालयका म्यानेजिङ डाइरेक्टर पवित्रा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्र्म औपचारिक र अनौपचारिक गरी दुई चरणमा सम्पन्न भएको थियो भने कार्यक्रम को सन्चालन विद्यालयकी शिक्षिका सरस्वती सापकोटाले गर्नु भएको थियो ।
१० °C काठमाडौं
Facebook Comments