टोखा नगरपालिकामा चल्यो डोजर
सार्वजनिक जग्गाको संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो । स्थानीय सरकारको पनि सार्वजनिक जग्गाको संरक्षण गर्नुमा अहंम भूमिका रहेको हुन्छ । यसै अन्तर्गत टोखा नगरपालिकाले नगर भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्दै आएको छ ।

यसै शिलशिलामा टोखा नगरपालिका वडा नं ८ दुप्चेश्वर टोलको बिभिन्न ठाउँमा रहेको सार्वजनिक जग्गा लामो समय देखि व्यक्तिले भोगचलन गर्दै आएको थियो र नगरपालिकाले विभिन्न सुचना, प्रत्यक्ष भेटगरी जग्गा खाली गर्नको लागि अनुरोध गरिरहेको हुँदा पनि जग्गा खाली नगरी उपभोग गरिरहेको हुँदा उक्त जग्गामा डोजर चलेको होे ।

उक्त जग्गामा नगर प्रमुख अधिकारीले डोजर चलाउदै नगर भित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनु पर्ने र कुनै व्यक्तिले उपभोग गर्न नमिल्ने बताउनु भयो ।
१० °C काठमाडौं
Facebook Comments