• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
सुदूरपश्चिम कलाकार समाज  र  मिन बहादुर थापा मेमोरियल फाउन्डेसन द्वारा राहत सामग्रीहरू वितरण

समाजमा रहेका विभिन्न व्यक्तित्वहरूको गाँस बास कपास शिक्षा र स्वास्थ्य पाउनुपर्ने आवश्यकता सबैमा छ । यसका साथसाथै समाजमा रहेका विभिन्न अपाङ्ग दलित पिछडिएका वर्गहरूले पनि यी अति आवश्यक आधारभूत आवश्यकताहरू पूरा गर्न पाउनु सबै मानिसको अधिकारभित्र पर्दछ । तथापि नेपाल एक विकास उन्मुख देश भएको कारणले हाम्रा समाजमा रहेका दलित, अपाङ्ग ,पिछडिएका वर्गहरूको आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि अति नै कठिन र चुनौतीको विषय रहँदै आएको छ। 
 

यी र यस्ता विषयहरुमा सरकारको ध्यान नपुग्दा बालबालिकाहरूले गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा पाउन कठिन परिस्थिति रहँदै आएको छ । समाजमा रहेका समग्र अपाङ्ग भएका मानिसहरुले आधारभूत आवश्यकता पाउनको लागि समाजमा समाज परिवर्तन गर्नुपर्छ भन्ने बौद्धिक मानिसहरूको आवश्यक पर्ने गर्दछ ,यही अभियानलाई आत्मसाथ गर्दै समाजमा रहेका समग्र मानिसहरूले आफ्ना आधारभूत आवश्यकताहरूलाई पूरा गर्न पाउनुपर्छ भन्ने मूल मर्मका साथ सुदूरपश्चिम कलाकार समाज काठमाडौँ ,नेपाल र  मिनबहादुर थापा मेमोरियल फाउन्डेसनले विभिन्न समय र स्थानहरूमा राहत सामग्रीहरू वितरण गर्दै आएको छ । 
   

यसै क्रममा उक्त कलाकार समाज र मेमोरियल फाउन्डेसनद्वारा भक्तपुरको चाँगुनारायणमा अवस्थित मगरगाउँमा विभिन्न अपाङ्ग भएका व्यक्तिहरूलाई राहत सामग्रीहरू वितरण गरेको छ । उक्त राहत सामग्रीमा खाद्यान्न,लत्ता,कपडा,खाना बनाउने भाडाहरु वितरण गरिएको थियो। उक्त स्थानमा आँखा नदेख्ने बालबालिकाहरू र अपाङ्गता भएका विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव वीरेन्द्र थापाले हामी सबै नेपालीले आफूले सकेको सहयोग अपाङ्गता भएका मानिसहरूलाई गर्नु र समाजमा रहेका यी र यस्ता विविध व्यक्तिहरुलाई साथ र सहयोग दिनु एक सामाजिक व्यक्तिको दायित्व रहेको बताउनुभयो। उक्त फाउन्डेसन र कलाकार समाजद्वारा यस्ता सामाजिक कार्यहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुमा थापाको पनि उल्लेखनीय भूमिका रहेको कार्यक्रम सञ्चालकले बताएका थिए । 

सम्बन्धित समाचार

Facebook Comments