• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
ज्ञान संस्कार इन्टरनेशनल स्कूल सामाखुशी  द्वारा National Skate Competition सञ्चालन हुने

  मिति वि.सं. २०७९ सालमा काठमाडौँ उपत्यकाको टोखा नगरपालिकामा स्थापित ज्ञान संस्कार इन्टरनेशनल स्कूलले नेपाली शिक्षाको क्षेत्रमा जीवनोपयोगी संस्कार सहितको शिक्षा दिएर विशेष योगदान पुर्याउँदै आएको छ । यस विद्यालयले विद्यालय स्थापनाको सुरुवाती वर्षमा नै विभिन्न विशिष्ठ शैक्षिक क्रियाकलापहरू सञ्चालन गरिसकेको छ । यसकै निरन्तरताका रूपमा मिति २०८१ माघ २६ गतेका दिन द्वितीय Gyan Sanskar Interschool National Skate Competition सञ्चालन गर्न गइहरेको छ । आदरणीय खेल पत्रकार, खेलाडी, बुद्धजीवी एवम् खेलप्रेपी सम्पूर्ण महानुभावहरू द्वितीय Gyan Sanskar Interschool National Skate Competition  का नाममा सञ्चालन हुने यो प्रतियोगिता ज्ञानसंस्कार इन्टरनेशनल स्कुलले नेपाल सरकारको आधिकारिक खेलकुद संस्था राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँग समन्वय गरेर सम्पादन गर्ने छ ।

यस प्रतियोगितमा नेपालभरीका विभिन्न विद्यालयबाट २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफि, मेडल तथा प्रमाण पत्र उपलब्ध गराइने छ, भने द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाण पत्र र मेडल उपलब्ध गराइने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको प्रमाण पत्र उपलब्ध गराइने छ ।
 युवाहरू माझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेल आधिकारिक रूपमा नै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बन्दै गएको छ । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तराष्ट्रिय स्तरमा सञ्चालन हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने भएको हुँदा देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहने छ । यो कार्यक्रमको समुद्घाटन माघ २६ गते बिहान ९ बजे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ ज्यू ले गर्नुहुने छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन ज्ञान संस्कार इन्टरनेशल स्कुलले गर्ने छ । 

सम्बन्धित समाचार

Facebook Comments