टोखा नगरपालिकामा ‘समुदायमा अदालत’ न्यायिक अन्तरसंवाद कार्यक्रम भव्यताका साथ सम्पन्न
न्यायिक सेवा प्रवाहलाई नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले काठमाडौं जिल्ला अदालतको आयोजनामा तथा टोखा नगरपालिकाको सहकार्यमा ‘समुदायमा अदालत : न्यायिक सेवा प्रवाहमा न्यायपालिका : हाम्रा बुझाइ र अपेक्षा’ विषयक एकदिने न्यायिक बाह्य अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
टोखा नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा प्रमुख न्यायाधीश कमल प्रसाद पोखरेल तथा न्यायाधीशहरू शिव प्रसाद खनाल, राम प्रसाद शर्मा, तारा महर्जन, दिवाकर भट्ट को उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले “विश्वसनीय अदालत कसरी बनाउने भन्ने विषयमा सोच्नु आवश्यक छ। हाम्रो सुझाव १ लाख जनताको सुझाव हो। न्याय नपाए टोखा आऔं भन्ने वातावरण बनाऔं” भन्दै न्याय सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका विशेष अतिथी टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ ले “आफ्नो नगरपालिकामा यो महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्न पाउँदा खुशी छु। सबैलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि न्यायालय नागरिकलाई न्याय दिन तत्पर रहने विश्वास छ” भनी न्याय सेवाको प्रभावकारिताबारे धारणा व्यक्त गर्नुभयो।
विशेष अतिथी टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सि.ले भन्नुभयो, “न्यायालय पनि घर आँगनमै आउन सक्छ भन्ने प्रमाणित गर्नुभएकोमा धन्यवाद। अदालत र जनता बीचको सम्बन्ध अझै नजिक बनेको छ। सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिका अघि बढिरहेको छ, यसै क्रममा विभिन्न मुद्दाहरू खेपिरहेका छौं, न्यायालयले सहजिकरण गर्छ भन्ने विश्वास छ ।कार्यक्रममा स्थानीय नागरिक, कानूनी व्यवसायी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। न्यायालय र स्थानीय तहबीच सहकार्य गर्दै न्यायिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो।कार्यक्रमले स्थानीय तह र अदालतबीचको सहकार्यलाई बलियो बनाउँदै नागरिकहरूलाई न्यायिक सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
१० °C काठमाडौं
Facebook Comments