मन्त्री घिसिङले हेटौडा उपमहानगरपालिकामा अनुगमन गरेका छन्
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले हेटौडा उपमहानगरपालिकामा जेन्जी आन्दोलनका क्रममा भएका भौतिक संरचनाहरूको क्षतिको अनुगमन गरेका छन् । अनुगमनको क्रममा मन्त्री घिसिङले क्षति भएका सम्पूर्ण संरचना जलेर नष्ट भएका यातायातका साधनहरू जस्ता अत्यावश्यकीय संरचना र साधनहरू तत्कालै परिपूर्ति गर्न आवश्यक रहेको बताउनु भयो ।

उक्त अनुगमनको क्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी तामाङले उपमहानगरपालिकाले जेन्जी आन्दोलनका क्रममा आर्थिक रुपमा ठूलो क्षति व्यहोर्नु परेको बताउँदै नगरपालिकामा रहेका विभिन्न वडा कार्यालयहरू नगरभित्र रहेका एम्बुलेन्स देखि सबवाहन सम्मका यातायातका साधनहरु जलेर नष्ट भएको बताएकी छिन्।
१० °C काठमाडौं
Facebook Comments