• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
दीपक मनाङेले भने  मेरो समर्थन एमालेलाई

सांसद राजीव गुरूङ अर्थात दीपक मनाङेले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् ।

पोखरको जिरो किलोस्थित न्युएरा पार्टी प्यालेसमा खगराजलाई भेटेर फर्केपछि दीपक मनाङेले संघमा जे सुकै भए पनि आफूले एमालेलाई समर्थन गर्ने बताएका हुन् ।

मनाङबाट प्रदेश सभामा स्वतन्त्र उठेर निर्विरोध भएका मनाङे चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

तर, यसअघि सत्ताकाे खेलमा कहिले एमाले त कहिले कांग्रेसी गठबन्धनमा गरेर ३ पटक खेलकुद मन्त्री बनेका थिए । कांग्रेस गठबन्धनकै सरकार सम्भावना हुँदा मनाङेले एकीकृत समाजवादी प्रवेश गरेकाे घाेषण गर्दै आफ्नाे अन्तिम पार्टी भएकाे बताएका थिए ।

तर, सत्ता समीकरण बदलिएसँगै मनाङेले खगराजलाई भेटेर केन्द्रमा जेसुकै भए पनि गण्डकीमा एमालेलाई समर्थन गर्ने बताएका हुन् ।

‘मत खगराज दाइलाई दिन्छु । समर्थन गर्न डकुमेन्ट बनाउँदै छु,’ मनाङेले भने, ‘केन्द्रमा उहाँहरूकाे प्राेब्लम हाे । मैले त कम्युनिस्ट सरकारलाई मत दिने हाे ।’

तपाईंको समर्थनले गण्डकीमा ३३ जना हुने भए नि भन्ने प्रश्नमा मनाङेले भने, ‘२ जना पछि हराइहाल्छ नि १ वर्षपछि ।’

एमाले सांसद तथा एमाले केन्द्रीय सदस्य गाेविन्द नेपालीले मनाङेले स्वतन्त्र सांसदकाे हैसियतले समर्थन गर्न लागेकाे बताए।

सम्बन्धित समाचार

Facebook Comments