टोखा नगरपालिकामा ब्याटमिन्टन प्रतियोगिता उद्घाटन
खेल र खेलकुदले हामीलाई स्वस्थ र कामको लागि फिट बनाउँछ। खेलकुद हाम्रो जीवनमा धेरै आवश्यक छ। खेलकुदले हामीलाई फिट, सक्रिय, ताजा र सामाजिक बनाउँछ।यसले शरीरलाई उत्तम व्यायाम प्रदान गर्दछ।

टोखा नगरपालिका वडा नम्बर २ मा २७ , पुस बाट ब्याटमिन्टन प्रतियोगिता सुचारु भएको छ हाम्रो खेल हाम्रो स्वास्थ्य भन्ने मुल नाराका साथ टोखा नगरपालिकाले विभिन्न किसिमका खेल र खेलाडीलाई समेट्दै कार्यक्रमहरु आयोजना गर्दै आएको छ त्यसमध्ये ब्याटमिन्टन पनि एक महत्वपूर्ण खेलको रुपमा चिनिएको छ । उक्त ब्याटमिन्टन खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले टोखा नगरपालिकाले वडा नम्बर २ मा ४ दिने ब्याटमिन्टन प्रतियोगिता उद्घाटन गरेको छ ।

यस ब्याटमिन्टन प्रतियोगितामा प्रमुख अतिथीकोरुपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथीको रुपमा उपस्थित भएका थिए।खेल र खेलाडी नगरपालिकाको अभिन्न अंगको रुपमा रहेको नगर प्रमुख अधिकारीले प्रष्ट पारेका थिए ।

उक्त ब्याटमिन्टन प्रतियोगिता सञ्चालनको लागि टोखा नगरपालिकाले ठूलो सहयोग गरेको खेलाडीहरुले बताएका थिए । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा टोखा नगरपालिका वडा नम्बर 2 का वडाध्यक्षको धर्मेन्द्र श्रेष्ठ र वडा नम्बर ३ का वडाध्यक्ष रमेश डंगोल रहेका थिए ।

नियमित रूपमा ब्याडमिन्टन खेल्दा मुटुको मांसपेशीलाई बलियो बनाउन र रक्तनलीहरू बन्द हुने जोखिमलाई सीमित गर्न मद्दत गर्न सक्छ।
९ °C काठमाडौं
Facebook Comments