• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
युनाइटेड स्कलर्स एकेडेमीले   U-15 फुटबल टुनामेन्ट गराउने

युनाइटेड स्कलर्स एकेडेमीमा खेलकुद महोत्सब हुने विद्यार्थीहरुको चौतर्फी विकासको लागि विद्यालयको पठनपाठनको अतिरिक्त खेलकुदको पनि महत्वपूर्ण भूमिका हुन्छ । विद्यालय तहबाटै विद्यार्थीहरुलाई अनुशासित र मर्यादित ढङ्गले खेलकुदमा सरिक गराई भविष्यमा दक्ष खेलाडी निर्माण गर्न विद्यालयको ठुलो भूमिका रहेको हुन्छ । विद्यार्थीहरुको शारीरिक, मानसिक तथा सम्वेगात्मक विकासमा समेत खेलकुदको महत्वपूर्ण स्थान रहन्छ । सोहि कुरालाई मध्यनजर गर्दै युनाइटेड स्कलर्स एकेडेमीले काठमाडौं जिल्लाका विद्यालयका विद्यार्थीहरु बिच ३ दिने फुटबल टुनामेन्ट आयोजना गर्न गै रहेको छ ।

यस्ता कार्यक्रमहरुले विद्यालय र विद्यार्थीहरु बिच मित्रता ,सामिप्यताको समेत विकास गराउने अपेक्षा गरिएको छ। विद्यालय तहमा अध्ययन गर्ने कक्षा ९ सम्मका १५ वर्ष मुनिका छात्रहरु बिच हुने सो प्रतिष्पर्धामा करिब ३५ विद्यालयहरु सहभागि हुने अपेक्षा गरिएको छ। युनाइटेड स्कलर्स एकेडेमीको आफ्नै खेलकुद मैदानमा सो प्रतिष्पर्धा आयोजना गर्न लागिएको हो । प्रतिष्पर्धा यही २०८०/१०/२९ देखि फागुन २ गतेसम्म सन्चालन हुनेछ ।कार्यक्रमको उद्घाटन माघ २ गते हुनेछ । खेलकुदमा विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । विद्यालयले पत्राचार गरिएका सम्पूर्ण विद्यालयहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments